रूपन्देही–२ : एमालेका विष्णु पौडेलभन्दा रास्वपाका सुलभ खरेल २ हजार मतले अगाडि

रूपन्देही–२ : एमालेका विष्णु पौडेलभन्दा रास्वपाका सुलभ खरेल २ हजार मतले अगाडि

काठमाडाैं। रूपन्देही क्षेत्र नम्बर-२ को मतगणनामा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उम्मेदवार सुलभ खरेलले फराकिलो अग्रता बनाएका छन्।

सार्वजनिक पछिल्लो मतपरिणाम अनुसार खरेलले नेकपा एमालेका उम्मेदवार विष्णुप्रसाद पौडेललाई पछि पारेका हुन्।

प्राप्त विवरण अनुसार रास्वपाका खरेलले २ हजार ७ सय ८१ मत प्राप्त गरेका छन्। उनका निकटतम प्रतिद्वन्द्वी एमालेका पौडेलले ७ सय ९ मत पाएका छन्।

खरेल र पौडेलबीचको मतान्तर २ हजार भन्दा बढी देखिएको छ। यस्तै, नेपाली कांग्रेसका उम्मेदवार चुन्नप्रसाद शर्मा ३ सय ५ मतसहित तेस्रो स्थानमा छन्।