झापा ५ का उम्मेदवार ओलीले भक्तपुरमा गरे मतदान

झापा ५ का उम्मेदवार ओलीले भक्तपुरमा गरे मतदान

काठमाडौं । नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले मतदान गरेका छन् । झापा क्षेत्र नम्बर ५ बाट उम्मेदवार बनेका ओलीले आज बिहान महेन्द्र शान्ति विद्यालय, भक्तपुर बालकोटमा मतदान गरेका हुन् ।

उनी पत्नी राधिका शाक्यसहित मतदानस्थल पुगेका थिए ।