कोरोनाको कारण पाकिस्तानमा पहिलो व्यक्तिको मृत्यु

कोरोनाको कारण पाकिस्तानमा  पहिलो व्यक्तिको मृत्यु

एजेन्सी:कोरोना भाइरसको कारण पाकिस्तानमा एक व्यक्तिको मृत्यु भएको छ। ज्यान गुमाएका पाकिस्तानको हफिजाबादस्थित बसोबास गर्दै आएका इमरान पहिलो व्यक्ति हुन्।

श्रोतका अनुसार इमरान हालै इरानबाट फर्किएका थिए। फर्किए पश्चात भाइरसको लक्षण देखा परेपछि उनी पाकिस्तानको लाहौरस्थित मायो अस्पतालमा भर्ना भएका हुन्।उपचार क्रममा बिरामीको ज्यान गएको हो।

यसै लगतै पाकिस्तानमा कोरोना भाइरसबाट १ को मृत्यु र १८६ जनाको संक्रमित पुगेको छ।साथै मंगलबारसम्म विश्‍वभरमा कोरोना भाइरसबाट ७ हजार जनाको ज्यान गएको छ। विश्‍वका १६० देशका मानिस कोरोनाबाट संक्रमित भइसकेका छन्। विश्‍वमा जम्मा एक लाख ८२ हजार ५४७ जना संक्रमित भएका छन्। भारतमा कोरोनाबाट १२९ जना संक्रमित भएका छन्। उता इटालीमा एकै दिन ३४९ जनाको ज्यान गएको छ।