खाडी मुलुक जाने कामदारका लागि श्रम स्वीकृति स्थगित

खाडी मुलुक जाने कामदारका लागि श्रम स्वीकृति स्थगित

काठमाडौं । सरकारले खाडी मुलुक जाने कामदारका लागि श्रम स्वीकृति दिन स्थगित गरेको छ। मध्यपूर्वमा इजरायल, अमेरिका र इरानबीचको युद्धका कारण उत्पन्न परिस्थिति मध्यनजर गर्दै सरकारले खाडी मुलुक जाने कामदारको श्रम स्वीकृति प्रदान गर्न स्थगित गरेको हो।

वैदेशिक रोजगार विभागले वैदेशिक रोजगारीमा जाने श्रमिकलाई श्रम स्वीकृति प्रदान गर्दै आएकोमा खाडी मुलुकमा बढ्दो तनावलाई मध्यनजर गर्दै श्रम स्वीकृति स्थगन गरिएको सरकारको भनाइ छ।

सरकारले अर्को सूचना जारी नभएसम्मका लागि वैदेशिक रोजगारीमा जानेका लागि सम्पूर्ण श्रम स्वीकृति प्रदान कार्य स्थगित गरिएको जनाएको छ। सम्बन्धित देशमा जान विमानस्थलमा बसेका मानिसलाई फर्केर आफ्नो घर जान सरकारको अनुरोध छ।

इजरायल र अमेरिकाले इरानमा मिसाइल आक्रमण गरेका छन्। यसबाट यूएई, कतार, ओमान, कुवेतलगायत देश प्रभावित भएका छन्।