आफ्नै छोराद्धारा आमा बलत्कृत

आफ्नै छोराद्धारा आमा बलत्कृत

काठमाडौं:भारतको उत्तर प्रदेशमा एक महिला आफ्नै छोरोबाट बलत्कृत हुन पुगेको छ।उत्तर प्रदेशको बुलंद शहरमा आफ्नै आमालाई बलात्कार गरेको अभियोगमा छोरा पक्राउ परेको हो ।

पुलिसका अनुसार आरोपी छोराको उमेर २३ वर्ष छ ।जानकारीअनुसार घटना ३ मार्चमा घटेको हो।त्यो दिनआरोपी छोरा रक्सीको नशामा घर पुगेका थिए ।उनकी आमा घरमा एक्लै सुतिरहेकी थिइन् । नशामा लठ्ठ छोराले आमाको कोठामा गइ बलात्कार गरेका हुन् ।

आमालाई बलात्कार गरेपछि ती युवक घटनास्थलबाट फरार भएका थिए ।पछि पीडितका श्रीमानले पुलिसलाई सम्पर्क गरि सोमबार पुलिस थाना गएर पूरा मुद्दा दर्ता गराएका हुन्।