मुग़ल.ए.आज़म चलचित्रबाट परिचित बलिउड अभिनेता दिलिपकुमार क्वारेन्टाइनमा

मुग़ल.ए.आज़म चलचित्रबाट परिचित बलिउड अभिनेता दिलिपकुमार क्वारेन्टाइनमा

एजेन्सी:कोरोना भाइसविरुद्ध सावधानी अपनाउदै भारतीय अभिनेता दिलिप कुमार क्वारेन्टाइनमा बस्ने भएका छन्। क्वारेन्टाइनमा बस्ने निर्णय स्वयम ९७ वर्षीय दिलिपले गरेका हुन्।

अभिनेता कुमार कोरोना भाइसरसको संक्रमण भएर क्यावरेन्टाइनमा बसेका भने होइनन्।उनले सामाजिक सञ्जालमा ट्वीट गर्दै कोरोना भाइरसबाट जोगिन सबैलाई अपिल समेत गरेका छन्। उनले भनेका छन्, ‘कोरोनाबाट जोगिन सकेसम्म घरभित्रै बस्नुहोस्।’


हालसम्म भारतमा कोरोनाका कारण २ जनाको मृत्यु भइसकेको र १ सय भन्दा बढीमा संक्रमण भेटिएको छ।