युरोपेली मुलुकहरुमा कडा प्रतिबन्ध पश्चात पनि २८ सय १६ जनाको मृत्यु

युरोपेली मुलुकहरुमा कडा  प्रतिबन्ध पश्चात पनि २८ सय १६ जनाको मृत्यु

एजेन्सी:युरोपेली मुलुकहरुमा कडा प्रतिबन्ध पश्चात पनि कोरोना भाइरसबाट ज्यान गुमाउनेको संख्या अस्वभाविक मात्रले बढिरहेको छ । अधिकांश युरोपका मुलुकमा कोरोना संक्रमण फैलिरहँदा युरोपका २४ मुलुकमा २८ सय १६ जनाको मृत्यु भएको छ ।

कोरोना भाइरसको संक्रमणबाट साँझ सोमबार ७ हजार १ सय ६४ जनाको मृत्यु भएपछि सबैभन्दा चीनपछि बढी युरोपका २४ मुलुकमा मृत्यु भएको हो ।

पछिल्लो २४ घण्टाभित्र ३ सय ४९ जनाको मृत्यु भएपछि इटालीमा कोरोनाभाइरसका कारण ज्यान गुमाउनेको संख्या २१ सय ५८ पुगेको छ ।संक्रमित हुनेको संख्या २७ हजार ९८० पुगेको छ ।

इटालीपछि युरोपेली मुलुकहरुमा कोरोनाको संक्रमणबाट चपेटामा परेको मुलुक हो स्पेन । स्पेनमा ३ सय ४२ जनाको मृत्यु भएको छ भने ९ हजार ९ सय ४२ जना संक्रमित भएका छन् ।

यस्तै फ्रान्समा १४८ जना, बेलायतमा ५५, नेदरल्याण्डमा २४, स्विटजरल्याण्डमा १९, जर्मनीमा १७, बेल्जियममा १०, स्वीडेन र सनमारिनोमा ७र७ जना, डेनमार्क, ग्रिस र पोल्याण्डमा ४र४ जना, अष्ट्रिया र नर्वेमा ३ जनाको मृत्यु भएको छ।

यस्तै आयरल्याण्ड र बुल्गेरीयामा २र२ जनाको कोरोना भाइरसको संक्रमणबाटै मृत्यु हुँदा पोर्चुगल, सोल्मेनिया, लक्जेमबर्ग, अल्बानिया, अजरबैजान र युक्रेनमा १र१ जनाको मृत्यु भएको छ ।

युरोपियन युनियन (ईयू) ले सबै सदस्य देशहरुमा नाका बन्द गर्दा पनि कोरोना भाइरसको संक्रमण नरोकिएपछि विश्व स्वास्थ्य संगठन ९डब्लूएचओ० ले गत शनिबार कोरोना भाइरसको ‘इपिसेन्टर’ अब युरोप भएको चेतावनी दिएको थियो ।

गत डिसेम्बर ३१ मा चीनको वुहानबाट सुरु भएको कोरोना भाइरस रोगथामका अनेकौं प्रयास भए पनि खोप र औषधिको विकास भइ नसक्दा मानवीय क्षति बढ्दै गएको हो ।