कोभिड–१९ का कारण ५० करोड विद्यार्थी शिक्षाबाट वञ्चित

कोभिड–१९ का कारण ५० करोड विद्यार्थी शिक्षाबाट वञ्चित

एजेन्सी : कोरोना भाइरस ९कोभिड–१९० संक्रमणका कारण अहिले कम्तीमा ५६ राष्ट्रले राष्ट्रव्यापी रूपमा शैक्षिक संस्था बन्द गरेका छन् । त्यसले गर्दा ५० करोड विद्यार्थी विद्यालय वा विश्वविद्यालय जानबाट वञ्चित भएको संयुक्त राष्ट्र संघीय एजेन्सीले युनेस्कोले जनाएको छ ।

भाइरस संक्रमण नफैलियोस् भनेर विश्वका कम्तीमा ५६ राष्ट्रले राष्ट्रव्यापी रूपमा र १७ राष्ट्रले स्थानीय रूपमा शैक्षिक संस्था बन्द गरेका कारण करोडौं विद्यार्थी शिक्षाबाट वञ्चित भएको युनिसेफले सोमबार बताएको हो। ‘एकै समयमा एउटै समस्याका कारण विश्वका अधिकांश राष्ट्र प्रभावित भएकाले हामीले असहज परिस्थितिको सामना गरिरहेका छौं,’ शिक्षाका लागि युनेस्कोकी उपमहानिर्देशक स्टेफानिया गियान्निनीले बताइन्। ‘हामीले वर्तमान परिस्थितिले सिर्जना गरेको शैक्षिक अवस्थाको विषयमा मात्र हैन, शैक्षिक प्रणालीमा लामो समयदेखिको समस्याका बारेमा पनि मिलेर काम गर्नुपर्ने छ।

युनेस्कोले गत साता कोरोना महामारीका कारण प्रत्येक पाँचमध्ये एक विद्यार्थी विद्यालयबाहिरै रहेको बताएको थियो। उसलै चारमध्ये एक विद्यार्थी विश्वविद्यालय शिक्षाबाट वञ्चित रहेको तथ्यांक पनि सार्वजनिक गरेको थियो। युनेस्कोले गत साता यस्तो विवरण सार्वजनिक गर्दा विश्वका मात्र १५ राष्ट्रले देशव्यापी र १४ राष्ट्रले क्षेत्रीय रूपमा शैक्षिक संस्था बन्द गरेका थिए। त्यसबेला मात्र ३६ करोड ३० लाख विद्यार्थी विद्यालयबाहिर थिए।