पोर्चुगलमा ६० जना नेपाली क्वारेन्टाइनमा

पोर्चुगलमा  ६० जना नेपाली क्वारेन्टाइनमा

फारो:पोर्चुगलमा ६० जना नेपालीलाई कोरोना भाइरस संक्रमणको आशंकामा क्वारेन्टाइनमा राखिएको छ ।

दक्षिणी पोर्चुगलको फारो शहरनजिकै कृषि क्षेत्रमा काम गर्नका लागि वैदेशिक रोजगारीमा पुगेका नेपालीहरुको समूहमा कोरोना भाइरसको संक्रमण देखा परेको हो । यसअघि ७४ नेपालीहरुलाई क्वारेन्टाइनमा राखिएको जनाइए पनि पछि १४ जनालाई बाहिर जान दिइएको थियो ।

उनीहरुलाई सार्वजनिक सुरक्षा प्रहरीको रोहबरमा क्वारेन्टाइनमा राखिएको पोर्चुगिज सञ्चारमाध्यमले जनाएका छन् ।