‘केजिएफ २’ को रिलिज मिति पक्का

‘केजिएफ २’ को रिलिज मिति पक्का

एजेन्सी:यस वर्षको प्रतिक्षित चलचित्र , ‘केजिएफ २’ले रिलिज मिति पक्का गरेको छ । निर्माण टिमले सामाजिक संजालमा पोष्ट गर्दै चलचित्रको आउँदो अक्टुबर २३ लाई रिलिज मिति पक्का गरेको हो।

केजिएफबाट स्टार बनेका अभिनेता यश नै केजिएफ २ मा मुख्य अभिनेता हुन् साथै चलचित्रमा संजय दत्त र श्रीनिधि शेट्ठीको पनि मुख्य भूमिका रहने छ ।प्रशन्त निलको निर्देशनमा रहेको यस चलचित्रमा यशको भूमिका अझै शसंक्त रहेको बताइएको छ । यस चलचित्र ५ भाषामा रिलिज हुनेछ ।

निकै सफल चलचित्र ‘केजिएफ’को सिक्वोल चलचित्र भएका कारण पनि यस चलचित्रलाई दर्शकले निकै प्रतिक्षा गरिरहेका छन् ।