पोर्चुगलमा नेपालीमा कोरोना संक्रमणको पुष्टि

पोर्चुगलमा  नेपालीमा कोरोना संक्रमणको पुष्टि

एजेन्सी :पोर्चुगलमा कार्यरत एक नेपाली नागरिकलाई कोरोना भाइरसको संक्रमण पुष्टि तथा दाबी भएको छ।मजदुरका रुपमा काम गर्दै आएका पोर्चुगल फारोमा कृषी स्थित एक नेपालीलाई कोरोना भाइरस संक्रमणको भएको हो।

कोरोना संक्रमित नेपाली नागरिक भएको पुष्टी भएतापनि उनको नाम, उमेर तथा स्थान गोप्य राखिएको स्वास्थ्य निर्देशनालयले जनाएको छ ।

पोर्चुगलमा अहिलेसम्म २४५ जनामा कोरोनाको संक्रमण पाइएको छ भने विश्वभर ६ हजार ५ सय १६ जनाले ज्यान गुमाईसकेका छन् । विश्व महामारीको रुप लिएको कोरोना भाइरसको संक्रमण विश्वका १५७ देशमा फैलिसकेका छन्।