नेल्सन मण्डेलाका भतिजा तथा अफ्रिकाका राजा छोरालाई मार्न प्रयासमा गिरफ्तार

नेल्सन मण्डेलाका भतिजा  तथा अफ्रिकाका राजा  छोरालाई मार्न प्रयासमा गिरफ्तार

एजेन्सी:दक्षिण अफ्रिकाका राजा तथा नेल्सन मण्डेलाका भतिजा बुयेलेखाया दालिंदयेवबो पक्राउ परेका छन् ।डिसेम्बरमा मात्र जेलबाट पेरोलमा बाहिरएका उनलाई बञ्चरो लिएर राजमहलमा आतंक फैलाएको अभियोगमा पक्राउ गरिएको हो।

शुक्रबार बिहान उनी बञ्चरो बोकेर थेंबु राजदरबारमा घुसेका थिए । त्यसपछि उनी आफ्ना छोरा अजेनाथी जेनेलिज्वे दालिंदयेबोलाई मार्न भन्दै छोराको पछि दौडिएका थिए ।घटना क्रममा छोराले महलको झ्यालबाट हाम्फालेर ज्यान बचाएता पनि छोराकी पत्नी भने घाइते भइन् ।

शाही प्रवक्ताका अनुसार राजा जेल गएपछि उनका छोरालाई कार्यवाहक राजा घोषित गरिएको थियो । यही कुरामा राजा आक्रोशित थिए । राजा १९९४ मा भएको घटनामा अपहरण, उत्पीडन र आगजनीको अभियोगमा दोषी ठहर भएपछि जेल पुगेका थिए ।