आशीर्वादको “मोहनी लगायो कान्छीले”मा आश्मा र प्रभातको रोमान्स

आशीर्वादको “मोहनी लगायो कान्छीले”मा आश्मा र प्रभातको रोमान्स

काठमाडौं। गायक आशीर्वाद सुवेदी र लोकप्रिय गायिका एलिना चौहानको सुमधुर स्वरमा सजिएको गीत “मोहनी लगायो कान्छीले” सार्वजनिक भएको छ।

गीतका शब्द तथा संगीत बसन्त सापकोटाले तयार गरेका हुन् भने संगीत संयोजन उदयराज पौडेलको रहेको छ। प्रेमभाव र आकर्षणको भावनालाई समेटिएको गीतमा आधुनिक संगीत संयोजनले थप मिठास दिएको छ।

म्युजिक भिडियोमा आश्मा विश्वकर्मा र प्रभात पाल ठाकुरीको रोमान्टिक अभिनय देख्न सकिन्छ। भिडियो निर्देशन हरि हुमागाईंले गरेका हुन्। छायांकन उत्तम हुमागाईंको रहेको छ भने डिओपी तथा सम्पादन पनि हरि हुमागाईं स्वयंले गरेका छन्।

रोमान्टिक भावनालाई केन्द्रमा राखेर तयार पारिएको “मोहनी लगायो कान्छीले” ले समकालीन नेपाली संगीतप्रेमीबीच राम्रो प्रतिक्रिया पाइरहेको निर्माण टिमले जनाएको छ । म्युजिक भिडियोलाई गायक सुवेदीको युट्युब च्यानल मार्फत सार्वजनिक गरिएको हो।