कुकुरलाई सिंह सम्झेर पुलिस बोलाएपछ

कुकुरलाई सिंह सम्झेर पुलिस बोलाएपछ

एजेन्सी:स्पेनको मोलिना डे सेगुरा शहर स्थित मानिसहरुले बाटोमा डुलिरहेको एक कुकुरलाई सिंह सम्झेर तर्सिएका छन् । सिहं भनि भ्रममा परेका स्थानिय बासिले डराएर पुलिसलाई फोन गरे । पुलिसले पछि जाँच गर्दा सिंह नभइ त्यो कुकुर भएको खुलेको हो ।

पुलिसले सबैभन्दा पहिले त्यो जनावरलाई समातेर उसको शरीरमा लगाइएको माइक्रोचिप स्क्यान गरेर हेर्दा त्यो सिंह नभइ पाल्तु कुकुर भएको जाँचमा पाइएको हो । खासमा त्यो ठूलो कुकुरको रौं यसरी काटिएको थियो कि त्यो सिंहजस्तै देखिन्थ्यो ।पुलिसले कुकुरलाई मालिककहाँ पुर्याइएको बताएको छ ।

सामाजिक संजालमा यसको तस्वीर भाइरल भइरहेको छ।