कोरोना संक्रमणबाट इटालीका मेयर सहित अहिले संम १७०९ जनाको मृत्यु

कोरोना संक्रमणबाट इटालीका मेयर सहित अहिले संम १७०९ जनाको मृत्यु

इटाली : कोरोना भाइरस (कोभिड-१९) को संक्रमण भएर उत्तरी इटालीको चेने नगरपालिकाका मेयर गोर्जियो भ्यालोटीको मृत्यु भएको छ । इटालीका सञ्चारमाध्यमले जनाए अनुसार मेयर भ्यालोटीको शुक्रबार उपचारका क्रममा मृत्यु भएको हो । यो संगै इटालीमा कोभिड– १९ को संक्रमणबाट मृत्यु हुनेको संख्या एक हजार ८ सय ९ पुगेको छ। इटालीमा पछिल्लो २४ घण्टामा मात्रै थप ३ सय ६८ जनाको मृत्यु भएको छ भने थप ३ हजार ५ सय ९० जनामा संक्रमण देखिएको छ।

श्वासप्रश्वासमा समस्याय देखिएपछि ७० वर्षीय मेयर भ्यालोटीलाई मार्च ७ मा अस्पताल भर्ना गरिएको थियो। फोक्सोमा अत्यधिक संक्रमणका कारण शुक्रबार उनको मृत्यु भएको इटालीका सञ्चारमाध्यमले जनाएका छन्। कोरोना भाइरसका कारण युरोममा सबै भन्दा धेरै प्रभाबित देश इटालीले कोरोना रोगथामका लागी हर सम्भव प्रयास गरिरहेको छ ।