काठमाडौंबाट ओखलढुंगा जाँदै गरेको बस तामाकोशी नदीमा खस्यो

काठमाडौंबाट ओखलढुंगा जाँदै गरेको बस तामाकोशी नदीमा खस्यो

काठमाडौं । काठमाडौंबाट ओखलढुंगाको लागि छुटेको बस तामाकोशी नदीमा खसेर डुबेको छ । प्रहरी चौकी सेलेघाटका अनुसार बस पानीमा चुर्लुम्म डुबेको छ र धेरैको ज्यान गएको हुन सक्ने आशंका गरिएको छ ।

अहिलेसम्म ३–४ वटा लाश निकालिसकिएको प्रहरीले जनाएको छ । स्थानीयका अनुसार केही लाशहरु पानीमा तैरिएको अवस्थामा देखिएका थिए । प्रदेश ३ ०१–००५ ख ९९७५ नम्बरको बस दुर्घटना भएको हो ।

बसमा सवार केही यात्रु भने घाइते अवस्थामा फेला परेको र उनीहरुलाई उपचारका लागि अस्पताल पठाइएको प्रहरीले जनाएको छ । थप विवरण आउन बाँकी रहेको प्रहरीले जनाएको छ ।