कोरोनोविरुद्ध एक करोड अमेरिकी डलरको सार्क आपत्‌कालीन कोष

कोरोनोविरुद्ध एक करोड अमेरिकी डलरको सार्क आपत्‌कालीन कोष

काठमाडौं : दक्षिण एसियाली सहयोग संगठन (सार्क) का सदस्य राष्ट्रहरूले कोभिड–१९ महामारीविरुद्ध लड्न एक करोड अमेरिकी डलरको आपत्कालीन कोष घोषणा गरकोे छ । सार्क सदस्य राष्ट्रका सरकार प्रमुख र उच्च प्रतिनिधिबीच आइतबार साँझ भएको भिडियो कन्फरेन्समा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले कोष स्थापनाको प्रस्ताव गरेका थिए र उक्त कोषमा नेपालको पनि योगदान रहने छ ।

कोष स्थापनाको प्रस्तावमा सबै मुलुकले समर्थन जनाएका छन्। कोषमा स्वैच्छिक रूपमा योगदान गर्न सकिने आवश्यकता अनुसार जुनसुकै मुलुकले पनि कोष उपयोग गर्न सक्ने भएको छ । कोषको कार्यविधि दूतावासहरूमार्फत विदेश सचिवहरूले टुंगो लगाउनेछन्। करिब डेढ घण्टा भएको भिडियो छलफलमा कोभिड–१९ महामारी रोकथामका लागि स्वास्थ्यसम्बन्धी सार्कस्तरीय संरचना गठन गर्ने समझदारी पनि भएको छ। सार्क सदस्य राष्ट्रहरूबीच सूचना आदानप्रदान र दीर्घकालीन सहकार्यका लागि क्षेत्रीय संरचना आवश्यकता छलफलमा सहभागी सरकार प्रमुख तथा प्रतिनिधिले औंल्याएका थिए।