पूर्व मिस नेपाल उषा खड्गी र सञ्चारकर्मी गणेशप्रसाद (जिपी)तिमिल्सिनाको सम्बन्ध विच्छेद

पूर्व मिस नेपाल उषा खड्गी र सञ्चारकर्मी गणेशप्रसाद (जिपी)तिमिल्सिनाको सम्बन्ध विच्छेद

काठमाडौँ : पूर्व मिस नेपाल उषा खड्गी र सञ्चारकर्मी जीपी तिमिल्सिनाबिच विवाह गरेको १७ वर्षपछि सम्बन्ध विच्छेद भएको छ ।

उषा खड्की आफैँले तिमिल्सिनासँगको सम्बन्धका विषयमा सामाजिक सञ्जाल मार्फत मुख खोलेकी हुन् ।हिजो फेसबुकमा उषाले स्टाटस लेख्दै आफूहरु अलग हुन गइरहेको जनाएकि हुन्।

पूर्वमिस नेपाल उषा खड्गी र सञ्चारकर्मी गणेशप्रसाद (जिपी) तिमिल्सिनाको जोडीलाई नेपाली ‘ग्ल्यामर वर्ल्ड’ मै उदाहरणीय मानिन्थ्यो । हरेक वर्षको ‘भ्यालेन्टाइन डे’ मा मिडियाले उनीहरुको खोजी गर्थे ।जिपी र उषाले आफूहरुबीचको प्रेम सम्बन्धलाई बयान गरेर कैयन अन्तरवार्ताहरु पनि दिएका थिएँ।

तर, उनले लेखेकी छन्( यदि तपाईंले विवाहको १७ वर्षपछि पनि शारीरिक र मानसिक दुर्व्यवहार सहनुर्छ भने यसलाई निरन्तरता दिने कुनै आधार छैन । अब म भन्छु – नो ।)

उनले अब आफ्नो र सन्तानको हकका लागि लड्ने उल्लेख गरेकी छन् । हामीले यस विषयमा विस्तृतमा बुझ्न खोज्दा उषाको फोन उठेन । एसएमएसमा उनले आफू केही नबोल्ने बताइन् ।

जिपीले चाहिँ फोन उठाए । उषाको स्टाटसको सन्दर्भ उप्काउँदा उनले भने, ‘यसमा मलाई कुनै प्रतिक्रिया दिनु छैन । उहाँले के लेख्नुभएको छ, उहाँलाई नै सोध्नुहोला । यो विषयमा म नबोलेकै जाति हुन्छ ।’

डिभोर्स भइसकेको हो कि प्रक्रियामा हो भन्ने प्रश्नमा जिपीको जवाफ थियो, ‘त्यो पनि उहाँलाई सोध्नुहोला ।

१९ वर्ष अगाडि एनटिभी प्लस कार्यक्रममा उषा र जिपीको भेट भएको थियो । उक्त कार्यक्रममा सहकार्य गर्दा उनीहरु प्रेममा परेका थिए । भ्यालेन्टाइन डेकै दिनमा जिपीले उषालाई औपचारिक प्रेम प्रस्ताव राखेका थिए ।

सन् २००० मा उषा मिस नेपाल बनेकी थिइन् । २००३ मा उनीहरुले विवाह गरे । उनीहरुका एक छोरी र एक छोरा छन् । छोरी १६ वर्षकी छन् भने छोरा ६ वर्षका ।

ग्ल्यामर संसारमा प्रेम(विछोड, विवाह(डिभोर्स निकै सामान्य घटना मानिन्छन् । नेपालका सेलिब्रिटीहरुमा त डिभोर्सको सिलसिला प्रकोपकै रुपमा फैलिएको छ ।

केही महिना अगाडि नायिका शिल्पा पोखरेल निर्माता छवि ओझासँग अलग भइन् । उनले पनि छविबाट आफूले हिंसा खेप्नुपरेको दाबी गरेकी छन् । उनीहरुको डिभोर्सको मुद्दा अझै टुंगिएको छैन । उषाले जिपीले पनि त्यही बाटो रोजेका छन् ।