सामान्य बन्दै चीनको जनजीवन :हराउदै कोरोनाको त्रास

सामान्य बन्दै चीनको जनजीवन :हराउदै कोरोनाको त्रास

एजेन्सी:कोरोना भाइरस ९कोभिड–१९० को ‘इपिसेन्टर’ चीनमा संक्रमितको संख्या घटेपछि जनजीवन सामान्य बन्दै गएको छ।

केही दिनअघिसम्म दैनिक हजारौं कोरोना भाइरस संक्रमित बिरामी थपिने चीनमा अहिले केही साताअघि कोरोना भाइरस संक्रमितको संख्या स्वाट्टै घटेको छ।चीन सरकारले ‘लक डाउन’ गरिएका क्षेत्र क्रमशः खुलाउँदै लगेको छ भने कामदार पनि काममा फर्किन थालेका छन्।फेब्रुअरीसम्म चीनका धेरै सहर लकडाउन गरिएका थिए।

देशभित्र बन्द गरिएका सयौं सडक, सहर पुनः खुला गरिएको छ। चीनको ‘नेसनल रोड नेटवर्क’ अहिले सामान्य रूपमा चलिरहेको छ। चीनका २८ प्रान्तले अन्तर–प्रान्तीय यात्रालाई खुला गरेका छन्। राजमार्गहरूमा १२ हजार २८ स्वास्थ्य जाँच केन्द्र तथा क्वारेन्टाइन स्टेसन स्थापना गरिएका थिए, जसमध्ये ११ हजार १ सय ९८ हटाइएका छन्।

शनिबार चीनमा मात्र २५ जना कोरोना भाइरसका नयाँ बिरामी थपिएका थिए।तर कोरोना भाइरसका नयाँ बिरामीबाट अन्यमा भाइरस सर्ने गति भने रोकिएको छ।

सन् २०१९ डिसेम्बर अन्तिम साता कोरोना भाइरस पहिलोपटक चीनको वुहानमा देखिएको थियो। कोरोना भाइरस फैलने क्रम तीव्र बनेपछि चीनले १ हजार १ सय १९ राजमार्गका प्रवेश र बाहिरिने नाका बन्द गरेको थियो। १ करोड १० लाखभन्दा बढी जनसंख्या भएको उहानलाई लक डाउन गरेको थियो।