काठमाडौं। सशस्त्र प्रहरी बलले डीआईजी विष्णुप्रसाद भट्टलाई संगठनको केन्द्रीय प्रवक्ता तोकेको छ। यसअघिका प्रवक्ता डीआईजी मनिष थापा सरुवा भई कोशी प्रदेश प्रमुखको जिम्मेवारीमा रहने गरी नं. १ बराह बाहिनी मुख्यालय, पकली, सुनसरी गएका छन्।
सशस्त्रका सहायक प्रवक्ता डीएसपी शैलेन्द्र थापाका अनुसार प्रवक्ता भट्टले आफ्नो कार्यभार सम्हालिसकेका छन्।