काठमाडौंको मूलपानीमा प्रहरीले गोली चलायो

काठमाडौंको मूलपानीमा प्रहरीले गोली चलायो

काठमाडौं । काठमाडौंको मूलपानीमा प्रहरीले गोली चलाएको छ । लुटपाटमा संलग्नलाई पक्राउ गर्न गोली चलाइएको हो । प्रहरीले १० जनालाई पक्राउ गरेको छ ।

रातिको समयमा विभिन्न व्यक्तिहरुलाई पछ्याएर गहना, नगद लगायतका सामान लुटपाट भएको घटनापछि जिल्ला प्रहरी परिसर काठमाडौंको टोली गएराति परिचालित भएको थियो ।

सोही टोलीले गएराति लुटपाटमा संलग्न १० व्यक्तिलाई पक्राउ गरेको हो । प्रहरीले लुटेराबाट कोही पीडित भए सम्पर्कमा आउन समेत अनुरोध गरेको छ ।