कोरोनाका कारण इरानमा ज्यान गुमाउनेको संख्या ५ सय र विश्वभर ५ हजार नाघ्यो

कोरोनाका कारण इरानमा ज्यान गुमाउनेको संख्या ५ सय र विश्वभर ५ हजार नाघ्यो

एजेन्सी : कोरोनाका कारण इरानमा मृत्यु हुनेको सङ्ख्या पाँचसय भन्दा बढि नाघिसकेको छ । इरानी स्वास्थ्य मन्त्रालयका अनुसार बिहीबार सम्म मृत्यु हुनेको सङ्ख्या ४२९ रहेको सो सङ्ख्या शुक्रबार बढेर ५१४ नाघेको हो ।

यसैगरी सङ्क्रमितको सङ्ख्या ११ हजार ३६४ पुगेको छ । तीमध्ये तीन हजार ५२९ जना निको भएर घर फर्किएको छन् । कोरोनाको सम्भावना देखिएकी इरानका सर्वोच्च नेता प्रमुख सल्लाहकार अली अक्बर बेलायतीलाई आफ्नो निवासमा अलग राखिएको छ ।

चीनको वुहानबाट सुरु भएको विश्वव्यापी महामारीको रूपमा फैलिरहेको कोरोना भाइरस (कोभिड–१९)बाट ज्यान गुमाउनको सङ्ख्या पाँच हजार ११७ पुगेको छ । कोरोना भाइरसको प्रकोप यतिबेला एक सय ३३ देशमा फैलिसकेको र हालसम्म एक लाख ३९ हजार ८४ जनामा कोरोना भाइरसको सङ्क्रमण देखिएको छ ।