माैसम पूर्वानुमान : तराई भू-भागका अधिकांश स्थानमा हुस्सु

माैसम पूर्वानुमान : तराई भू-भागका अधिकांश स्थानमा हुस्सु

काठमाडौं । देशभर पश्चिमी वायूको प्रभाव रहेको छ।

मौसम पूर्वानुमान महाशाखाका अनुसार आज देशको उच्च पहाडी तथा हिमाली भू‍–भागमा आंशिक बदली रही बाँकी भू-भागमा मौसम मुख्यतया सफा रहने छ। तराईका धेरै स्थानहरूमा हुस्सु लागेको छ।

महाशाखाका अनुसार आज दिउँसो तराई भू-भागका अधिकांश स्थानहरूमा मध्यान्न सम्म हुस्सु/कुहिरो रहनेछ।

कोशी प्रदेश, मधेश प्रदेश, बागमती प्रदेश, गण्डकी प्रदेश र लुम्बिनी प्रदेशमा आंशिक बदली रही बाँकी पहाडी तथा हिमाली भू‍-भागमा मौसम मुख्यतया सफा रहने महाशाखाले जनाएको छ।

यस्तै, आज राती तराई भू-भागका केही स्थानहरूमा हुस्सु रहनेछ। देशका पहाडी तथा हिमाली भू‍-भागमा मौसम मुख्यतया सफा रहने महाशाखाले जनाएको छ।