काठमाडौं। एमाले र कांग्रेस गठबन्धनबाट राष्ट्रिय सभाको निर्वाचनमा कोशी प्रदेशमा उम्मेदवारहरुले आफ्नो उम्मेदवारी दर्ता गराएका छन्।
गठबन्धनको तर्फबाट खुल्लामा सुनिल बहादुर थापाले उम्मेदवारी दर्ता गराएका छन् । कोशीमा एमाले बलियो भएकोले उसले २ सिट लिएको छ। कांग्रेसले भने एक सिट पाएको हो।
एमालेबाट महिलातर्फ रोशनी मेचे र दलितमा सोम पोर्तेलले उम्मेदवारी दर्ता गराएका छन्। थापाको प्रस्तावकमा उद्धव थापा र समर्थकनमा रेगिना भट्टराई रहेका छन्। मेचेको समर्थकमा सिर्जना राई र प्रस्तावकमा शोभा चेम्जोङ छिन् । यस्तै पोर्तेलको प्रस्तावक छवि चुँडाल र समर्थक एकराज कार्की रहेका छन्।
आज राष्ट्रिय सभाको निर्वाचनको लागि देशभरि नै उम्मेदवारी दर्ता हुँदैछ। मधेश प्रदेशमा भने जसपा नेपालको तर्फबाट महन्थ ठाकुरले उम्मेदवारी दर्ता गराएका छन्।