एमालेले टुंग्यायो राष्ट्रियसभाका उम्मेदवार

एमालेले टुंग्यायो राष्ट्रियसभाका उम्मेदवार

काठमाडौँ । नेकपा एमालेले राष्ट्रिय सभाका लागि उम्मेदवारहरु चयन गरेको छ । माघ ११ गते हुने राष्ट्रिय सभामा नेपाली कांग्रेस, नेपाली कम्युनिष्ट पार्टी र जसपा नेपालसँगसमेत तालमेलको अवस्थामा एमालेले पाउने ७ सदस्यका लागि उम्मेदवारहरु तय भएका हुन्।


एमालेले कोशी प्रदेशमा रोशनी मेचेलाई उम्मेदवार बनाउने भएको छ। यस्तै, बागमतीमा डा प्रेमकुमार दङ्गाललाई उम्मेदवार बनाइएको छ।

गण्डकीमा सम्झना देवकोटा, लुम्बिनीमा रामकुमारी झाँक्री, कर्णालीमा मीना रखाल र सुदूरपश्चिममा लीलाकुमारी भण्डारीलाई उम्मेदवार बनाइएको हो। आज राष्ट्रिय सभाका उम्मेदवारको मनोनयन तालिका छ । मधेश प्रदेशको भने नाम तय हुन बाँकी छ।