सुमो दुर्घटनाका घाइतेमध्ये छ जनाको मृत्यु

सुमो दुर्घटनाका घाइतेमध्ये छ जनाको मृत्यु

बागमती। हेटौँडा-काठमाडौँ जोड्ने भीमफेदी-कुलेखानी-काठमाडौँ सडक खण्डअन्तर्गत भीमफेदी गाउँपालिका-६ जुरीखेतस्थित सडकमा आज साँझ भएको सुमो गाडी दुर्घटनामा छ जनाको मृत्यु भएको छ। 

    काठमाडौँबाट हेटाैंडातर्फ आउँदै गरेको ना१ज १७७८ नंको सुमो गाडी दुर्घटना हुँदा घाइते भएका नौ जना मध्ये छ जनाको उपचारका क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रवक्ता, प्रहरी नायब उपरीक्षक पुष्कर बोगटीले जानकारी दिए। मृतकहरूको सनाखत हुन बाँकी छ।

    प्रवक्ता बोगटीका अनुसार घाइतेलाई उद्धार गरी उपचारका लागि हेटौँडा अस्पताल पुर्याइएको थियो। तीन जनाको भने सोही हेटौँडा अस्पतालमा उपचार भइरहेको छ।