भेनेजुएलाका राष्ट्रपति मादुरो अमेरिकाकाे कब्जामा रहेकाे ट्रम्पको दाबी

भेनेजुएलाका राष्ट्रपति मादुरो अमेरिकाकाे कब्जामा रहेकाे ट्रम्पको दाबी

काठमाडाैं। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले भेनेजुएलाका राष्ट्रपति निकोलस मादुरोलाई पक्राउ गरेको दाबी गरेका छन्। ट्रम्पले भेनेजुएलाको राजधानी काराकासमा आक्रमणपछि मादुरोलाई पक्राउ गरिएको दाबी गरेका हुन्। 

भेनेजुएलाको राजधानी काराकासमा भएको विस्फोटपछि अमेरिकी राष्ट्रपति ट्रम्पले उक्त आक्रमण अमेरिकाले गरेको बताएका छन्।

सामाजिक संजाल ट्रुथ सोशलमा  ट्रम्पले लेखेका छन्, ‘अमेरिकाले भेनेजुएला र उसका नेता राष्ट्रपति निकोलस मादुरो विरुद्ध सफलतापूर्वक ठूलो स्तरमा आक्रमण गरेको छ। मादुरोलाई उनकी पत्नी साथ पक्राउ गरेर देशभन्दा बाहिर लगिएको छ।’

राजधानी काराकासमा भएको आक्रमणपछि राष्ट्रपति मादुरोले देशमा राष्ट्रिय संकटकालको घोषणा गरेका थिए। उनले उक्त सैन्य आक्रमण अमेरिकाले गरेकाे भन्दै निन्दा पनि गरेका थिए।