पार्टी विभाजन नहुने विश्वप्रकाश शर्माको दाबी

पार्टी विभाजन नहुने विश्वप्रकाश शर्माको दाबी

काठमाडौं। नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले पार्टी एक ढिक्का हुने विश्वास दिलाएका छन्। उनले पार्टी कुनैपनि हालतमा विभाजन नहुने स्पष्ट पारेका छन्। पार्टी मुख्यालय सानेपामा कार्यसम्पादन समितिको बैठकमा भाग लिनुअघि महामन्त्री शर्माले यस्तो बताएका हुन्।

उनले भने,‘विधानको व्यवस्थाअनुसार कारयक्रम गरेर जाँदा कांग्रेस फुट्दैन एक ढिक्का रहन्छ। कसैले आशंका नगरे हुन्छ, म सबैलाई ढुक्क बनाउन चाहन्छु–पार्टी एक ढिक्का रहन्छ। अहिलेको अवस्थामा महाधिवेशन गरेर नयाँ नीति नेतृत्व चयन गरेर निर्वाचनमा जानुपर्थ्यो। हामीले मिति तय गर्‍यौँ, मिति मात्रै तय गरेर केही गरिएन।’

महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्माले हिजो नियमित महाधिवेशन स्थगित गरेर विशेष महाधिवेशनको मिति घोषणा गरेपछि कांग्रेसभित्रको विवाद सतहमा आएको थियो। यहिबीच कांग्रेस फुटको संघारमा पुगेको चर्चासमेत हुन थालेको छ।