बेलायत बाहेक युरोपका सबै मुलुकलाइ अमेरीका यात्रामा प्रतिबन्ध

एजेन्सी : कोरोनाभाइरसको संक्रमण रोक्न भन्दै अमेरिकाले बेलायत बाहेक युरोपका सबै मुलुकबाट यात्रा प्रतिबन्ध लगाउने घोषणा गरेको छ ।

एक टेलिभिजन सम्बोधन मार्फत अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले उक्त घोषणा गरेका हुन् । शुक्रबार साँझदेखि लाग्ने यो प्रतिबन्ध एक महिनासम्म कायम रहनेछ ।

ब्रिटेनलाई भने यो नियम लागु हुने छैन । उता, इटलीमा कोरोनाभाइरसको प्रकोप नियन्त्रण गर्न किराना र औषधीबाहेक सबै पसलहरू बन्द गर्ने घोषणा गरिएको छ ।