काठमाडौं। मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल देशभर कुनै उल्लेखनीय मौसम प्रणालीको प्रभाव रहेको छैन।
जसका कारण हाल कोशी प्रदेश, बागमती प्रदेश र कर्णाली प्रदेशका हिमाली भू–भागमा आंशिक बदली रहेपनी बाँकी भू-भागमा मौसम मुख्यतया सफा रहेको छ।
महाशाखाका अनुसार आज दिउँसो देशभर मौसम मुख्यतया सफा रहने छ। यस्तै, महाशाखाका अनुसार आज राती पनि देशभरको मौसम मुख्यतया सफा रहने छ।