काठमाडौं। प्रहरी प्रधान कार्यालय नक्सालले २७ जना प्रहरी कर्मचारीलाई सात दिनभित्र स्पष्टीकरणसहित उपस्थित हुन निर्देशन दिएको छ।
आफूखुसी कार्यालयमा गैरहाजिरीमा रहेका र खोजतलास गर्दा पनि सम्पर्कमा नआएका २७ जना प्रहरीलाई सात दिनभित्र स्पष्टीकरणसहित उपस्थित हुन निर्देशन दिएको हो।
प्रधान कार्यालयले आज एक सार्वजनिक सूचनामार्फत गैरहाजिर प्रहरी सहायक निरीक्षक, प्रहरी जवान र प्रहरी कार्यालय सहयोगीको नाम, ठेगाना, गैरहाजिर भएको मिति लगायतको विवरण सार्वजनिक गर्दै बाटोको म्याद बाहेक सात दिनभित्र हाजिर हुन निर्देशन दिएको हो।
कार्यालयमा उपस्थित हुँदा गैरहाजिर हुनुको कारण सन्तोषजनक नभए कानुनबमोजिम कारबाही हुने कार्यालयले चेतावनी दिइएको छ।