विमानमा सवार २९८ जनाको हत्या गरेको आरोपमा नेदरल्याण्डसले थाल्यो चारजना बिरुद्ध अनुसन्धान शुरू

विमानमा सवार २९८ जनाको हत्या गरेको आरोपमा नेदरल्याण्डसले थाल्यो चारजना बिरुद्ध अनुसन्धान शुरू

काठमाडौ : मलेसियन एयरलाइन्सको जहाज खसालेर २ सय ९८ जनाको हत्या गरेको भन्दै नेदरल्याण्डसमा चार जनामाथि अनुसन्धान शुरू गरिएको छ। मलेसियन एयरलाइन्सको एमएच १७ जहाज सन् २०१४ मा युक्रेनमा दुर्घटनाग्रस्त भएको थियो।

पूर्वी युक्रेनमा आन्तरिक द्वन्द्व तथा रुसको नाकाबन्दी जारी रहेको समयमा मलेसियन एयरलाइन्सको बोइङ ७७७ दुर्घटना भएको थियो। हिजोदेखि नेदरल्याण्ड्समा अनुसन्धान सुरु गरिएका चारजनामाथि रुसको सैन्य बेसबाट मिसाइल प्रहार गरी विमान खसोलेको आरोप छ। जसमध्ये ३ जना रुसी र एकजना युक्रेनी नागरिक हुन्।

दुर्घटनाको समयमै रुसमाथि जहाज खसालेको आरोप लागे पनि उसले अस्वीकार गर्दै आएको थियो। तर विभिन्न प्रतिवेदन तथा प्रत्यक्षदर्शीहरुको भनाईका आधारमा उक्त विमान आन्तरिक खराबीका कारण नभई मिसाइल आक्रमणका कारण दुर्घटना भएको भन्ने प्रारम्भिक तथ्यहरु फेला परेपछि अनुसन्धान सुरु गरिएको हो। अनुसन्धानका लागि १३ जना प्रत्यक्षदर्शीहरुलाई साक्षी बनाइएको छ। १७ जुलाई २०१४ मा नेदरल्याण्ड्सबाट मलेसिया जाँदै गरेको जहाज दुर्घटनामा विभिन्न १० देशका २ सय ९८ नारिक मारिएका थिए ।