लक्ष्चु र सजिनाको रोमान्टिक अभिनयसहित ‘सालघारी बनमा’ रिलिज

लक्ष्चु र सजिनाको रोमान्टिक अभिनयसहित ‘सालघारी बनमा’ रिलिज

काठमाडौं। गायक प्रविन बज्राचार्यको स्वरमा नयाँ प्रेमगीत ‘सालघारी बनमा’ सार्वजनिक भएको छ। गीतले प्रेम, भावना र प्रकृतिको सुन्दर मिश्रण प्रस्तुत गर्दै नेपाली संगीतप्रेमीको ध्यान तानेको छ।

गीतमा लक्ष्चु र सजिना देउलाको आकर्षक अभिनय देख्न सकिन्छ, जसले युवा पुस्ताको माया-रोमान्सलाई स्वाभाविक ढङ्गले चित्रण गरेको छ।

गीतका शब्द शङ्कर ज्वालाले लेखेका हुन् भने संगीत संयोजन तथा एरेञ्जमेन्ट दीपेश सिंहले गरेका छन्। छायांकन बलकुमार मगर, सम्पादन अनिल कुमार मगर र निर्देशन सुरेन्द्र मानन्धरले गरेका छन्।

सुन्दर लोकेशन, भावनात्मक कथा र मधुर संगीतको संयोजनमा बनेको ‘सालघारी बनमा’ हाइलाइट्स नेपाल युट्युव च्यानलमा हेर्न सकिन्छ।