जेन-जी आन्दोलनमा आगजनी र तोडफोडका लागि अपिल गर्ने रास्वपाका कार्यकर्ता पाण्डे पक्राउ

जेन-जी आन्दोलनमा आगजनी र तोडफोडका लागि अपिल गर्ने रास्वपाका कार्यकर्ता पाण्डे पक्राउ

काठमाडौं। गत भदौ २३ र २४ को जेन–जी आन्दोलनको क्रममा भएका विभिन्न विध्वंशहरुमा संलग्न रहेको आरोपमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का कार्यकर्ता अभिमन्यु पाण्डे पक्राउ परेका छन् । उनले जेन–जी आन्दोलनको क्रममा पोखरामा माइकिङ गर्दै विभिन्न व्यक्तिहरुको घर तोडफोड र आगजनीका लागि अपिल गरेको बताइएको छ।

पक्राउ परेका पाण्डे पृथ्वीचोकमा रहेको सहिद लखन थापाको शालिक फुटाउनेदेखि व्यवसायी विन्दु थापाको घरमा आगो लगाउनेसम्मको भूमिकामा सहभागी भएको आरोप छ । प्रहरीले उनलाई आज विहान पक्राउ गरेको हो। प्रहरीका अनुसार पाण्डेविरुद्ध आपराधिक उपद्रव मुद्दा चलाइने तयारी रहेको छ।