कोरोनाका कारण इटलीमा २४ घण्टामा ४९ जनाको मृत्यु

कोरोनाका कारण इटलीमा २४ घण्टामा ४९ जनाको मृत्यु

इटली : इटलीमा कोरोनाभाइरसका कारण मृत्यु हुनेको संख्या १ सय ९७ पुगेको छ । इटलप्मा प्रकोप शुरु भएपछि संक्रमण हुनेको संख्या एक दिनमै धेरै भएपछि मृत्यु हुनेको संख्यामा वृद्धि भएको समाचारहरुले जनाएको छ ।

अधिकारीहरुका अनुसार २४ घण्टामा मात्रै ४९ जनाको मृत्यु भएको छ । कुल संक्रमण हुनेको संख्या अहिलेसम्म ४६ सयभन्दा बढी रहेको छ ।

गत डिसेम्बरमा कोरोना पहिलोपटक देखियता चीनबाहिर सबभन्दा धेरै मृत्यु हुनेको संख्यामा हुन देश इटली बन्न पुगेको छ । अधिकारीहरूले शुक्रवार एक विज्ञप्तिमार्फत दैनिक मृत्यु हुनेको संख्या सबैभन्दा बढी पुगेको घोषणा गरेका छन् । उनीहरूले स्वास्थ्य अधिकारीहरूले “मृत्युको यकिन कारण नभन्दासम्म“ मृत्यु हुनेको उक्त संख्या पुष्टि गर्न नसकिएको बताए ।

राष्ट्रिय स्वास्थ्य निकायले मृत्यु हुनेको औसत आयु ८१ रहेको र उनीहरूमध्ये धेरैमा पहिल्यै अन्य स्वास्थ्य समस्या पनि रहेको जनाएको छ । मृत्यु हुनेमध्ये ७२ प्रतिशत पुरुष रहेको पनि जनाइएको छ । सरकारी तथ्याङ्क अनुसार कोरोनाभाइरस देखिएका ४ दशमलव २५ प्रतिशतको मृत्यु भएको पुष्टि भएको छ जुन विश्वमा उच्च दर हो ।

विश्व स्वास्थ्य संगठनका अनुसार विश्वव्यापी रुपमा कोरोनाभाइरसबाट करिब १ लाख मानिस संक्रमित भएको जनाएको छ । त्यस्तै तीन हजारभन्दा बढी मानिसको मृत्यु भएको छ जसमध्ये धेरै मृत्यु चीनमा भएको थियो ।