काठमाडौं । आईसीसी विश्वकप लिग टु अन्तर्गत त्रिकोणात्मक सिरिजको पहिलो खेलमा नेपाल अमेरिकासँग १ सय ६ रनको भारी स्कोरले पराजित भएको छ।
दुबई अन्तर्राष्ट्रिय क्रिकेट स्टेडियममा भइको खेलमा टस हारेर फिल्डिङको निम्तो पाएको अमेरिकाले २ सय ६३ रनको विशाल चुनौती दिएको थियो।
अमेरिकाले ५० ओभरमा ६ विकेट गुमाउँदै २ सय ६२ रन बनायो। तर, जवाफी ब्याटिङमा उत्रिएको नेपाल ३९ ओभर १ बलमा १ सय ५५ रन मात्र जोड्न सक्यो।