चितवन। नारायणगढ–मुग्लिन सडक खण्डको गाइघाटमा सातवटा गाडीहरु एकआपसमा ठोकिएर दुर्घटना भएको छ ।
एउटा ट्रले बसलाई ठक्कर दिएपछि अन्य गाडीहरु पनि तिनै ट्रक र बसमा ठोक्किएका थिए ।
दुर्घटना हुँदा बसमा चेपिएका चालकसहित ६ जनाको उद्धार गरी उपचारका लागि चितवन पठाइएको इलाका प्रहरी कार्यालय मुग्लिनले जनाएको छ ।