काठमाडौं। मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल देशभर कुनै उल्लेखनीय मौसम प्रणालीको प्रभाव रहेको छैन।
महाशाखाले आज दिउँसो सबै प्रदेशको पहाडी भू-भागमा मौसम सामान्यदेखि आंशिक बदली रही बाँकी भू-भागमा मुख्यतया सफा रहने जानकारी दिएको छ।
आज राति पनि देशभरको मौसम मुख्यतया सफा नै रहने पनि महाशाखाको भनाई छ।