कोरोना त्रास : यूएईका होटलले कर्मचारीलाई बेतलबी बिदा दिए

कोरोना त्रास : यूएईका होटलले कर्मचारीलाई बेतलबी बिदा दिए

काठमाडौ : यूईमा भएका होटेलहरुले एयरलाइन्स सेवाको अनुसरण गर्दै आफ्ना कर्मचारीहरुलाई पनि बेतलबी बिदामा बस्न भनेका छन् ।

होटेल क्षेत्रमा कोरोना भाइरसको त्रास हुन सक्ने भन्दै होटलहरुले आफ्ना कर्मचारीहरुलाई बेतलबी बिदामा बस्न भनेका हुन् । तर वेटर, क्याट्रिङ सेवा तथा बगैँचामा काम गर्नेहरुले भने यस्तो बिदा पाउने छैनन् ।

अहिलेको लागि यस्तो बिदा सामान्य कर्मचारीभन्दा मध्यम तहका मेनेजरहरुलाई भनिए पनि कोरोनाको त्रास नरोकिए सबैले बस्न सक्ने होटल स्रोतले जनाएको छ ।कर्मचारीहरुलाई उनीहरुका बाँकी छुट्टीका दिनहरु पनि कटाएर बेतलबी बिदाको लागि प्रक्रिया अगाडि बढाउन भनेको छ ।

एकजना वरिष्ठ होटल व्यवसायीले होटलको लागतलाई कम गर्नको लागि आफूहरुले खाद्यान्नको आपूर्तिकर्ताहरुलाई पनि परिवर्तन गर्न लागिरहेको बताएका छन् ।