कोरोनाको त्रासले ७ महिनापछि सर्यो जेम्स बन्डको नयाँ फिल्म ‘नो टाइम टु डाई’

कोरोनाको त्रासले ७ महिनापछि सर्यो जेम्स बन्डको नयाँ फिल्म ‘नो टाइम टु डाई’

काठमाडौ : कोरोना भाइरसका कारण हलिउडको चर्चित फ्रेन्जाइजी जेम्स बन्डको नयाँ फिल्म ‘नो टाइम टु डाई’को रिलिज डेट सारिएको छ । अप्रिलमा रिलिज हुने भनिएको फिल्म अब नोभेम्बरमा रिलिज हुने बताइएको छ ।

फिल्मका निर्माताले बुधबार आफ्नो टुविटर अकाउन्ट मार्फत फिल्म सारेको जानकारी दिएका छन् । उनले लेखेका छन्, ‘हामीले धेरै सोचेर र ग्लोबल इन्टरनेशनल मार्केटलाई मध्यनजर गर्दै फिल्मको रिलिज डेट सार्ने निर्णय गरेका हौं । अब, यो फिल्म २०२० नोबेम्बर सम्म पोस्टपोण्ड गरेका छौं ।’ यो टुविटमा कोरोना भाइरसको विषय उठाएको छैनन् । तर इन्टरटेनमेन्ट ट्रेड मिडियाको अनुसार पछिल्लो हप्ता चिनमा हुने भनिएको फिल्मको रेड कार्पेट प्रिमियर रद्ध गरिएको थियो ।

‘केवल एक व्यक्तिले बाँकी सबै दर्शकलाई संक्रमित गर्न सक्छ’ भन्दै एमआई सिक्सका संस्थापक र द जेम्स बोन्ड जोसीयरले सोमबार खुल्ला पत्र लेखेका थिए । जसका कारण फिल्म हलका भिडभाडले गर्दा मानिसमा कोरोना फैलिने डरले फिल्मको रिलिज डेट सारिएको हो ।

चिन हलिउड फिल्मको सबैभन्दा ठूलो मार्केट हो । पछिल्लो समय कोरोनाका कारण हलिउडसँगै बलिउड र चिनियाँ फिल्म उद्योगहरु पनि ठप्प छन् ।