काठमाडौं। नेपाल समाजवादी पार्टी (नयाँ शक्ति) का अध्यक्ष डा. बाबुराम भट्टराईले अध्यक्ष पद त्यागेका छन्।
उनले बुधबार काठमाडौंमा बसेको पार्टी केन्द्रीय समिति बैठकमा पदत्याग गर्ने प्रस्ताव पेस गरेका हुन्। बैठकले केन्द्रीय समिति भंग गरेर फागुनमा विशेष महाधिवेशनमा जाने निर्णय गरेको छ।
साथै, महाधिवेशनका लागि आयोजक कमिटी पनि गठन गरिएको छ। आयोजक कमिटीको संयोजकका रुपमा वरिष्ठ उपाध्यक्ष दुर्गा सोबलाई तोक्ने तयारी रहेको बैठकमा सहभागी एक केन्द्रीय सदस्यले जानकारी दिए।
पार्टी उपाध्यक्ष मानुषी यमी भट्टराईले अध्यक्ष भट्टराईले पद त्याग्ने प्रस्ताव बैठकमा राखेको र फागुनमा विशेष महाधिवेशनमा जाने प्रस्तावमाथि छलफल गरिरहेको बताइन् ।
बैठकका निर्णयहरूबारे जानकारी दिन नेसपा नयाँ शक्तिले विहीबार पत्रकार सम्मेलनको आयोजना गरेको उनले जानकारी दिइन्।