लिबियामा डुंगा दुर्घटना हुँदा ६१ जना आप्रवासी बेपत्ता

लिबियामा डुंगा दुर्घटना हुँदा ६१ जना आप्रवासी बेपत्ता

एजेन्सी। लिबियाको पूर्वी तटमा डुंगा पल्टिंदा ६१ जना अनियमित आप्रवासीहरु बेपत्ता भएका छन् ।

संयुक्त राष्ट्रसंघीय शरणार्थी उच्चायुक्त (यूएनएचसीआर)ले सामाजिक सञ्जाल एक्समा जारी विज्ञप्तिमा यो घटनाबाट गहिरो दुःख व्यक्त गर्दै याे टोब्रुकमा यो दोस्रो दु:खद डुंगा दुर्घटना भएकाे समेत जनाएकाे हाे ।

जहाँ केही समय अघि मात्रै ७४ जना यात्रु बोकेको विमान पनि दुर्घटना भएकाे यूएनएचसीआरले जनाएकाे छ । साेही दुर्घटनामा परी १३ जना मात्रै बाँच्न सकेकाे र दर्जनौं अझै बेपत्ता भएका थिए ।

आप्रवासनका लागि अन्तर्राष्ट्रिय संगठनले गत आइतबार टोब्रुकमै अर्को डुंगा दुर्घटनामा ५० सुडानी नागरिकको मृत्यु भएको र २४ जना आप्रवासी उद्धार गरिएको थियो । लिबियाका तटहरू विशेषगरी गर्मी महिनामा र अनियमित आप्रवासी बोकेका डुंगा डुब्ने घटना बारम्बार हुने गरेकाे एजेन्सीले जनाएकाे छ ।