काठमाडौं। प्रधानमन्त्री सुशिला कार्कीले आफू नेतृत्वको मन्त्रिपरिषद विस्तार गरेकी छिन् । प्रधानमन्त्री कार्कीले अर्थमन्त्रीमा रामेश्वर खनाल, अर्जा मन्त्रालयको नेतृत्वमा कुलमान घिसिङ र गृह मन्त्रालयको नेतृत्वमा ओमप्रकाश अर्याललाई अघि सारेकी छिन् ।
कुलमानलाई उर्जासहित भौतिक पूर्वाधार तथा सहरी विकास मन्त्रालयको पनि जिम्मा दिईएको छ । यस्तै, अर्याललाई गृहसहित कानून, न्याय तथा संसदीय मामिलाको जिम्मा दिईएको छ । उनीहरुको शपथ भोलि विहानको लागि तय भएको छ ।
तर, जेन-जी आन्दोलनको क्रममा निधन भएका परिवारका सदस्यहरुले भने प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारअघि नाराबाजीसहित प्रदर्शन गरेका छन् । उनीहरुले प्रधानमन्त्री कार्कीको राजीनामा मागेर प्रदर्शन गरेका हुन् ।
मृत्तकका परिवारले नाराबाजी गरिरहँदा हामी नेपालका संयोजक सुधन गुरुङ पनि देखिएका छन् । उनीहरुले मुर्दामाथि राजनीति नगर, मृत्तकलाई न्याय दे भन्दै नाराबाजी गरेका छन् ।