छुदेन काविमोको उपन्यास ‘उरमाल’ लाई मदन पुरस्कार, प्रेमदेव गिरीलाई जगदम्बा श्री

छुदेन काविमोको उपन्यास ‘उरमाल’ लाई मदन पुरस्कार, प्रेमदेव गिरीलाई जगदम्बा श्री

काठमाडौं। २०८१ सालको मदन पुरस्कार छुदेन काविमोको उपन्यास ‘उरमाल’ ले पाएको छ। आज बसेको मदन पुरस्कार गुठीको बैठकले ‘उरमाल’ लाई मदन पुरस्कार अर्पण गर्ने निर्णय गरेको हो।

यसैगरी २०८१ सालको जगदम्बा श्री पुरस्कार प्रेमदेव गिरीलाई दिने निर्णय भएको गुठीले जनाएको छ। विगत पाँच दशकदेखि  लोक-संस्कृति-क्षेत्रमा सक्रिय रहेका गिरीलाई भने लोक भाका संकलन र संरक्षणमा विशिष्ट योगदान गरेबापत उक्त पुरस्कार दिने निर्ण गरेको हो।