शंकर पोखरेलको टिप्पणी : देशको सर्वोच्च पदमा पुगिसकेको व्यक्ति राजनीतिमा फर्कनु उचित हुँदैन

शंकर पोखरेलको टिप्पणी : देशको सर्वोच्च पदमा पुगिसकेको व्यक्ति राजनीतिमा फर्कनु उचित हुँदैन

काठमाडौं। प्रमुख सत्तारुढ दल नेकपा (एमाले) का महासचिव शङ्कर पोखरेलले देशको सर्वोच्च पदमा पुगिसकेको व्यक्ति पुनःराजनीतिमा फर्कनु उचित नहुने बताएका छन् ।

पूर्व राष्ट्रपति विद्यादेवी भण्डारी कोशी प्रदेशमा सक्रिय भएको बेलामा महासचिव पोखरेलले यस्तो राजनीतिक टिप्पणी गरेका हुन् । आज (मंगलबार) सिन्धुपाल्चोकमा आयोजित पार्टीको प्रथम जिल्ला प्रतिनिधि परिषद् बैठक उद्घाटन गर्दै उनले यस्तो बताएका हुन् ।

उनले त्यही मान्यताका साथ राष्ट्रपति जस्तो पदमा पुगेको व्यक्ति सक्रिय राजनीतिमा आउनु राम्रो नहुने निष्कर्षमा पार्टी पुगेको स्मरण गराएका हुन् । पोखरेलले एमालेलाई कमजोर पार्ने विभिन्न प्रयास भइरहेको उल्लेख गर्दै एकताबद्ध भएर सङ्गठनलाई सुदृढ बनाउन नेता–कार्यकर्तालाई आह्वान गरे । उनले ७० वर्षभन्दा माथिका नेताले नेतृत्व लिन नहुने भन्ने भ्रमलाई चिर्नुपर्नेसमेत बताए ।