काठमाडौं। म्याट्रिक्स फाइट नाइट (एमएफएन) बान्टमवेट च्याम्पियन बन्न सफल भएका बझाङका रवीन्द्र ढाँटलाई प्रोत्साहन स्वरुप पाँच लाख प्रदान गरिने भएको छ।
प्रधानमन्त्री केपी शर्मा ओलीले आज सामाजिक सञ्जाल फेसबुकबाट सो जानकारी दिएका हुन् । प्रधानमन्त्रीले च्याम्पियन ढाँटका प्रशिक्षकलाई दुई लाख रूपैयाँ प्रदान गरिने निर्णय भएको जानकारी पनि दिएका छन्।
गत शनिबार भारतमा भएको प्रतिस्पर्धामा रवीन्द्रले भारतका च्याम्पियन चुनरेङ कोरेनलाई पराजित गरे पछि उनी चर्चाको शिखरमा रहेका छन्।