हरिद्वारको मन्दिरमा भागदौड मच्चिँदा ६ को मृत्यु, २५ घाइते

हरिद्वारको मन्दिरमा भागदौड मच्चिँदा ६ को मृत्यु, २५ घाइते

हरिद्वार। भारतको उत्तराखण्डको हरिद्वारस्थित मनसादेवी मन्दिरमा आइतबार बिहान भागदौड मच्चिएको छ। सो भागदौडमा परी अहिलेसम्म ६ जना श्रद्धादा भक्तजनको मृत्यु भइसकेको छ भने ३५ जना घाइते भएका छन्।

गढवाल डिभिजनका आयुक्त विनय शंकर पाण्डेले मन्दिरमा ठूलो भीड जम्मा भएका कारण दुर्घटना भएको बताए। उनका अनुसार उच्च भोल्टेजको बिजुलीको तार खसेको अफवाहपछि अचानक भागदौड मच्चिएको हो।

हरिद्वारमा भएको भागदौडमा ६ जनाको मृत्यु भएको विषयमा एसएसपी प्रमेन्द्र सिंह डोभालले भने, ‘हामीलाई केही घाइते भएको जानकारी प्राप्त भएको थियो, त्यसपछि प्रहरीले तत्काल कारबाही गरेको थियो। करिब ३५ जनालाई अस्पतालमा ल्याइएको छ भने ६ जनाको मृत्यु भएको पुष्टि भएको छ । बाँकीको उपचार भइरहेको छ।

सो मन्दिर सडकबाट १०० मिटर तलको सिँढीमा विद्युतीय झट्का लागेको हल्लाका कारण भागदौड सुरू भएको प्रारम्भिक अनुसन्धान सुरू भएको छ।