काठमाडौं : चलचित्र ‘ए मेरो हजुर ४’को छायांकन आजबाट सुरु भएको छ । काठमाडौंको कार्य्विनायक मन्दिरमा चलचित्रका कलाकारले क्यामेरा पूजा गर्दै चलचित्रको छायांकन सुरु गरेका हुन् ।
शुभसाइत समारोहमा नायक अनमोल केसी, नायिका सुहाना थापा, कलाकार सलोन बस्नेत, निर्देशक झरना थापा, निर्माता सुनिलकुमार थापाको साथमा चलचित्रको सिंगो यूनिट नै उपस्थित थियो ।
चलचित्रका निर्माता सुनिल कुमार थापाका अनुसार चलचित्रको छायांकन पोखरामा १० दिन, काठमाण्डौ र ललितपुरमा करिब ३० दिन गरिनेछ । यसपछि, चलचित्रको छायांकन यूरोप र ओमानमा गरिने सुनिलले जानकारी दिए । प्रेमकथामा बन्न लागेको यो चलचित्रलाई आउँदो बर्षको दशैंमा रिलिज गर्ने योजना यसको निर्माणपक्षको छ ।