काठमाडौं । बसिर अहमेदको उत्कृष्ट ब्याटिङका बावजुद हङकङमा भएको चारदेशीय ट्वान्टी–२० शृंखलाको फाइनलमा नेपाल पराजित भएको छ ।
आइतबार हङकङको मोङ कोकमा सम्पन्न रोमाञ्चक खेलमा कुवेतले प्रस्तुत गरेको १७५ रनको लक्ष्य पछ्याउने क्रममा नेपालले १९.३ ओभरमा सबै विकेट गुमाएर १७१ रनमात्र बनाउन सक्यो ।