काठमाडौँ । चारदेशीय टी-२०आई सिरिजको उपाधि जित्न नेपालले १७५ रनको लक्ष्य पाएको छ ।
हङकङमा नेपालविरुद्ध टस हारेर पहिला ब्याटिङ गरेको कुवेतले निर्धारित २० ओभरमा ७ विकेट गुमाएर १७४ रन बनायो ।
कुवेतका लागि ओपनर रविजा सन्दारुवानले सर्वाधिक ६० रन बनाए । क्लिन्टो एन्टोले २६, मिट भावसार १६ र मोहम्मद उमर अब्दुल्लाले २३ रनको योगदान दिए ।